• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

च्यवनधाममा महेश्वर खनाल भजन समूह प्रथम

दुलेगौँडा ।  मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको सातौं संस्करणको खुला भजन कीर्तन प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम भएको छ ।

 

प्रतियोगितामा सहभागी १० समूहलाई पछि पार्दै महेश्वर खनाल समूहको भजन प्रथम भएको हो । जितसंगै समूहले नगद ५१ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा पञ्चासे भजन समूह द्वितीय, धर्मस्थली भजन समूह तृतीय, शिशुवन सत्सङ्ग र जुरेथुम बाल भजन समूह सान्त्वना भएको छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार र समान ५/५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

 

मुक्तिनाथ च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजुफ वडाध्यक्ष सुमनबहादुर राना लगायतले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन शंकर पन्तले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक

दुलेगौंडा।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ  शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी

महोत्सवमा टिकटक र रिल्स भिडियो प्रतियोगिता

बेलचौतारा ।  पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवमा यो पटक टिकटक र रिल्स भिडियो प्रतियोगिता हुने भएको छ । भिडियो निर्माणमा युवापुस्ताको लगाबलाई

आजबाट शुक्लागण्डकी महोत्सव, नवनिर्वाचित सांसदले उद्घाटन गर्ने

बेलचौतारा ।  आजबाट बेलचौतारामा सुरु हुने पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवको तयारी पुरा भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको