अरि देव नेवा : पुच सेवा कोषको अध्यक्षमा बेलबहादुर
दुलेगौँडा । अरि देव नेवा : पुच सेवा कोषको अध्यक्षमा बेलबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार सम्पन्न भएको कोषको २४ औँ बार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनले बेलहादुरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा राजुराम श्रेष्ठ, कोषाध्यक्षमा अमृतकुमार श्रेष्ठ र सहसचिवमा सोमप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, धुर्वकुमार मल्ल, चन्द्रकला श्रेष्ठ, रुपकुमार मल्ल, प्रकाश श्रेष्ठ, देवेन्द्रमान श्रेष्ठ, धनबहादुर खड्गी र तेजनारायण श्रेष्ठ चयन भएका छन् । यस्तै कोषको लेखा समिति समेत गठन गरिएको छ ।
टिकाराम श्रेष्ठ संयोजक तथा शर्मिला श्रेष्ठ र बुद्धिसागर श्रेष्ठ सदस्य रहने गरि लेखा समिति गठन गरिएको कोषले जनाएको छ ।
कोषको साधारण सभा तथा अधिवेशन ज्ञाननारायण श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो । कार्यक्रम नेवार समाज भवन दुलेगौँडामा आयोजना गरिएको थियो ।
मृगौला पीडित अमृतलाई आर्थिक सहयोग
भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा
उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन
दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको
झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट
दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु

प्रतिकृया दिनुहोस