कार्कीडाँडा देउराली टोल विकास संस्थको अधिवेशन सम्पन्न
दुलेगौंडा । कार्की डाँडा देउराली टोल विकास संस्था शुक्लागण्डकी नगरपालिका ३ को दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको अधिवेशनमार्फत हरिचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । समिति उपाध्यक्षमा पवित्रा सापकोटा, सचिवमा भोजराज पौडेल, कोषाध्यक्षमा सीता विक र सह सचिवमा विन्दु लम्साल चयन भएका छन् । समितिको सदस्यहरुमा भने सिता भण्डारी, तिला राना, हितकुमारी रोका र जुक्तराज श्रेष्ठ रहेका छन् ।
यस्तै अधिवेशन मार्फत पर्शुराम भण्डारी, लिलाप्रसाद ढुँगाना, रामचन्द्र गर्ताैला, रामशरण भण्डारी र भिमकुमारी श्रेष्ठलाई सल्लाहकार मनोनित गरिएको छ ।
आइतबार वडाध्यक्ष सचिन भुजेलको प्रमुख उपस्थिती र पूर्व उपाध्यक्ष भिकुमारी श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएको सचिव भोजराज पौडेलले जानकारी दिनुभयो ।
मृगौला पीडित अमृतलाई आर्थिक सहयोग
भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा
उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन
दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको
झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट
दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु

प्रतिकृया दिनुहोस