• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

‘६८ करोड भलिबल कप’को फाइनलमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा

भिमाद । तनहुँको भिमादमा जारी ‘६८ करोड भलिबल कप’को फाइलनमा हाइभिजन ल्याण्ड भानुमति र शाही फलफुल स्याङ्जा प्रवेश गरेको छन् । 

 

पिरुङ युवा क्लवको आयोजनामा गत बुधबारदेखि भिमाद रंगशालामा जारी रहेको प्रतियोगितामा शनिबार गण्डकी प्रदेश भलिबलका कप्तान समेत रहेका सञ्जु विक्रम शाह संलग्न स्याङ्जा भलिबबल क्लवलाई ३–२ सेटमा पाखा लगाउदै हाईभिजन फाइनलमा पुगेको हो । यि दुई टिम शुक्रबार देखि सेमिफाइलनमा प्रवेश गरेपनि समय अभावका कारण खेल पुरा गर्न सकेका थिएनन् । 

 

जीवन गुरुङ्गको कप्तानीमा रहेको हाइभिजन राम्रो लयमा रहेकै कारण स्याङ्जालाई फाइलन पुग्नबाट बञ्चित गराउन सफल भएको हो । यस्तै शुक्रबार नै भएको सेमिफाइलनमा विवस आलेको कप्तानीमा रहेको आयोजकलाई ३–२ सेटमा पराजित गरेर शाही फलफुल स्याङ्जा फाइलनमा प्रवेश गरेको छ । सुप्रिम भुजेलका कप्तानीमा रहेको शाही फुलफुलले आजै उपाधीका लागि हाइभिजनसँग प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

 

टिम ६८ करोडको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८, तृतीय हुने टोलीले रु. ४४ हजार ६८ तथा चौथो स्थान हासिल गर्ने टोलीले रु. २२ हजार ६८ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार ६८ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही रु. ३ हजार ६८ नगदसहित सम्मान प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगितामा दिपन राना, स्नेहा कार्की र कृष्ण थापा च्याम्पियन

दुलेगौंडा, १ साउन । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले आयोजना गरेको  जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको अण्डर १९ तर्फको

भिमादमा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता 

भिमाद ।  तनहुँको भिमादमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद क्षेत्र र खेलाडीहरुको विकास गर्ने

क्रस कन्ट्री दौडको उपाधी दोस्रो पटक रावललाई 

पुतलीबजार । स्याङ्जाको कोल्मामा सम्पन्न भएको छैठौँ क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधी नेपाल आर्मीका करण रावलले जितेका छन् । ग्रामिण क्षेत्रको