• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

दिपेन्द्र खत्रीको ‘म पल्टनमा सानु’ गीत सार्वजनिक 

साङ्गीतिक क्षेत्रमा निरन्तरताले मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गायक दिपेन्द्र खत्री । यसअघि एक–दुई गीत गाए पनि व्यावसायिक सफलता हासिल गर्न नसकेका उनले अहिले ‘म पल्टनमा सानु’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।

 

नेपाली सेना र प्रहरी परिवारको भावनात्मक कथालाई समेटेर तयार गरिएको उक्त गीत अहिले दर्शक तथा स्रोतामाझ लोकप्रिय बन्दै गएको छ। मन छुने शब्द, वास्तविकतासँग नजिकको कथा र नेपाली परिवेश झल्किने शैलीमा सिर्जना गरिएको यो गीतको शब्द तथा सिर्जना स्वयं खत्रीकै हो। प्रत्यक्ष दोहोरी गायनमा परिचित गायिका आशा बिसीसँग मिलेर उनले गीतमा स्वर दिएका छन्।

 

यही गीतमार्फत आफूलाई दर्शक तथा स्रोताले थप चिन्ने विश्वास उनले व्यक्त गरेका छन्। गीत सुन्दै जाँदा एकपछि अर्को जवाफ के आउला भन्ने कौतुहलता जगाउने शैलीले यसलाई अझ आकर्षक बनाएको छ। तनहुँको खैरेनीटार निवासी गायक खत्री लामो समय नेपाली सेनामा कार्यरत थिए। सेवाबाट अवकाशपछि उनी पूर्ण रूपमा साङ्गीतिक क्षेत्रमा सक्रिय बन्ने तयारीमा छन्।

 

‘म पल्टनमा सानु’ गीतले उनको आगामी साङ्गीतिक यात्रालाई कति उचाइमा पुर्‍याउनेछ, त्यो भने समयले देखाउनेछ। तनहुँ र कास्कीका रमणीय स्थानमा छायाङ्कन गरिएको यस गीतको म्युजिक भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो :  

 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी महोत्सव : साँझमा प्रमोद खरेलको कन्सर्ट, दिउँसो चर्चित कलाकारको प्रस्तुती

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज साँझ प्रमोद खरेलको लाईभ कन्सर्ट हुने भएको छ

आज शुक्लागण्डकी महोत्सवमा अर्जुन सापकोटा 

दुलेगौंडा ।  शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ  शुक्लागण्डकी महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ

मगर नृत्य प्रतियोगितामा प्रविना गुरुङ प्रथम 

दुलेगौँडा । खुला शुक्लागण्डकी स्तरीय मगर नृत्य प्रतियोगिताको उपाधि कपासेकी प्रविना गुरुङले जितेकी छन् ।   मगर समुदायको सास्कृतिक संस्कार