• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

सम्मान कार्यक्रमका लागि गृह जिल्ला तनहुँको खैरेनीटार आउनुभएका तिमिल्सेनाले जनताको प्रतिनिधिले मत दिएर राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको बताउदै जनताप्रति उत्तरदायी भएर लाग्ने बताउनुभयो ।

 

आफ्नो पहिलो रोजाई जन्मभूमि नै भएको दावि गर्दै यस क्षेत्रको विकासका लागि सकरात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । गण्डकी मल्टिपल कलेजले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रको विकासलाई नेपाल सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्नुभभएको थियो ।

 

देशको विकास गर्न शैक्षिक क्षेत्रमा लगानी गर्नेुपर्ने भएता पनि अन्तराष्ट्रिय मान्यता विपरित सरकारले उचित बजेट ब्यवस्था नगरेको उहाँको भनाई थियो । आफु शैक्षिक विकासको एजेण्डा बोकेर लागेको समेत दावि गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा