• आइतबार ८-७-२०८३/Sunday 11-22-2026
  • ON AIR
  • UP NEXTOpening Tone

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा ढिलाइ भएको भन्दै वडा कार्यालयमा पुगेर जनदबाब दिएका छन्।

 

मणी पौडेलको नेतृत्वमा सयौँको संख्यामा वडा कार्यालय पुगेका स्थानीयले वडा अध्यक्ष खड्गसिंह थापासँग लालपुर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ र निर्णायक पहल गर्न किन ढिलाइ भइरहेको भन्दै प्रश्न गरेका थिए। वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा बैंकिङ कारोबार, सम्पत्ति हस्तान्तरण तथा अन्य कानुनी प्रक्रियामा समस्या भएको भन्दै उनीहरूले तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन्।

 

स्थानीयको गुनासो सम्बोधन गर्दै वडा अध्यक्ष थापाले लालपुर्जा वितरण गर्ने अधिकार स्थानीय तहलाई नरहेको र आफूहरूले सहजीकरण तथा सम्बन्धित निकायमा पहल मात्रै गर्न सक्ने बताउनुभयो। उहाँले आफू पनि लालपुर्जा पीडित रहेको उल्लेख गर्दै अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो।

 

वडा सदस्य गिरबहादुर थापाले पनि लालपुर्जा वितरणका लागि पटक–पटक पहल गरिए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँले अब नागरिक आफैँ जागरुक भएर सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

 

स्थानीयले भने पटक–पटक आश्वासन मात्रै दिने काम भए आन्दोलन र धर्ना चर्काउने चेतावनी दिएका छन्। उनीहरूले माग सम्बोधन नभए आगामी स्थानीय तहको निर्वाचनसमेत बहिस्कार गर्ने चेतावनी दिएका छन्।

 

वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्रमाणित गर्ने लालपुर्जा नपाएका स्थानीयले समस्या यथाशीघ्र समाधान गरी लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस

आजदेखि छठ पर्व सुरु, छठ पर्व पहाडी तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै

दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदा गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ

आज यमपञ्चकको मुख्य दिन, भाई टिका लगाइदै

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी

तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न

↑