• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

भिमादमा सर्वसाधारणलाई लक्षित गरेर अत्याधुनिक धारा जडान

भिमाद। भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका तीन स्थानमा कमर्सियल आरओ वाटर प्युरिफिकेसन मेसिन सञ्चालनमा ल्याएको छ।

 

कुमार चोक, बसपार्क चोक र क्याम्पस रोडमा जडान गरिएका ती मेसिनहरू करिब ७ लाख ५० हजार रुपैयाँ लागतमा स्थापना गरिएको संस्थाका सदस्य सूर्य विश्वकर्माले जानकारी दिनुभयो।

 

यसअघि भिमाद खानेपानी कार्यालय अगाडि सञ्चालनमा रहेको यस्तै मेसिनबाट उपभोक्ताले राम्रो सेवा पाएपछि बजारका थप स्थानमा विस्तार गरिएको उहाँले बताउनुभयो।

 

समितिका अनुसार पछिल्लो समय केही व्यक्तिहरूले मेसिनबाट आउने चिसो शुद्ध पानी घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा लैजाने गरेको पाइएकाले मेसिनको उचित प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ। यी मेसिनबाट बजारमा आवतजावत गर्ने सर्वसाधारण, यात्रु तथा उपभोक्ताले निःशुल्क रूपमा सुरक्षित शुद्ध पिउने पानी सहजै प्रयोग गर्न सक्नेछन्।

 

मेसिनमा पानीलाई सेडिमेन्ट फिल्टर, एक्टिभेटेड कार्बन फिल्टर, फाइन फिल्टर र रिभर्स अस्मोसिस प्रणालीमार्फत प्रशोधन गरिन्छ। आवश्यक परे यूभी प्रणालीबाट जीवाणु नियन्त्रण गरी सुरक्षित ट्यांकीमा संकलन गरिएको पानी उपभोक्तालाई उपलब्ध गराइने व्यवस्था रहेको छ।

 

भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले मेसिनहरूको नियमित मर्मत, फिल्टर परिवर्तन तथा गुणस्तर परीक्षण गर्दै उपभोक्तालाई निरन्तर सुरक्षित र शुद्ध पिउने पानी उपलब्ध गराइने जनाएको छ।

प्रतिकृया दिनुहोस

दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन

दुलेगौँडा ।  तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी

दुलेगौँडामा भोली रक्तदान कार्यक्रम आयोजना गरिदै

दुलेगौँडा । रगत अभावको कारण उपन्न हुन सक्ने स्थितीलाई मध्येनजर गरेर शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

गृहजिल्ला आएर काँग्रेस महामन्त्रीले गरे सरकारको आलोचना

दुलेगौंडा । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले रास्वपा नेतृत्वको सरकारले जनस्तरमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाउनुभएको छ