शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।
नगरपालिकाको १९ औँ नगर सभा तथा अबिधेशन मार्फत उपमेयर खुमबहादुर विक राजुले प्रस्तुत गरेको १ अर्व १४ करोड ५० लाखको बजेट सभाले पारित गरेको हो । सभामा उपप्रमुख विकले नगरपालिकाको आन्तरिक आम्दानी ३० करोड ८० लाख ५१ हजार संकलन हुने जनाउदै संघ र प्रदेश सरकारले प्रदान गर्ने अनुदान र राजस्व बाडफाँटबाट प्राप्त हुने सिलिङ सहित उक्त बजेट सभामा प्रस्तुत गर्नुभएको थियो । बजेटमा घर जग्गा रजिष्ट्रेशन मार्फत १ करोड ५० लाख र जनसहभागिता मार्फत १ करोड ५० लाख संकलन हुने समेत उल्लेख गरिएको छ ।
नगरपालिकाले १२ वटा वडालाई ९ करोड २५ लाख ७४ हजार ५ सयको बजेट दिने भएको छ भने अन्य बजेट चालु र नगरको पुजिगत तर्फ खर्च हुने जनाइएको छ । यसै विच १९ औँ नगरसभा शुक्लागण्डकी नगरपालिकाका कर्मचारीहरुले बहिस्कार गरेका छन् । विशेष गरि स्थायी सेवामा कार्यरत रहेको कर्मचारीहरुले आगामी बर्षको बजेटमा आफुहरुले प्राप्त गर्दै आएको २ हजार खाजा भत्ता हटाएकोमा असन्तुष्टी जनाउदै नगर सभा बहिस्कार गरेर अनुपस्थित भएका थिए ।
सभाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख कृष्णराज पण्तिडले कर्मचारीका असन्तुष्टी र वडासदस्यहरुले राखेको विमती तथा समस्याहरुलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने
खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको
कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको
लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी
दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा

प्रतिकृया दिनुहोस