• शनिबार ७-८-२०८३/Saturday 10-24-2026
  • ON AIRNepal Khabar
  • UP NEXTOmyam Abhusarna Lok Suseli

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।

 

नगरपालिकाको १९ औँ नगर सभा तथा अबिधेशन मार्फत उपमेयर खुमबहादुर विक राजुले प्रस्तुत गरेको १ अर्व १४ करोड ५० लाखको बजेट सभाले पारित गरेको हो । सभामा उपप्रमुख विकले नगरपालिकाको आन्तरिक आम्दानी ३० करोड ८० लाख ५१ हजार संकलन हुने जनाउदै संघ र प्रदेश सरकारले प्रदान गर्ने अनुदान र राजस्व बाडफाँटबाट प्राप्त हुने सिलिङ सहित उक्त बजेट सभामा प्रस्तुत गर्नुभएको थियो । बजेटमा घर जग्गा रजिष्ट्रेशन मार्फत १ करोड ५० लाख र जनसहभागिता मार्फत १ करोड ५० लाख संकलन हुने समेत उल्लेख गरिएको छ ।

 

नगरपालिकाले १२ वटा वडालाई ९ करोड २५ लाख ७४ हजार ५ सयको बजेट दिने भएको छ भने अन्य बजेट चालु  र नगरको पुजिगत तर्फ खर्च हुने जनाइएको छ । यसै विच १९ औँ नगरसभा शुक्लागण्डकी नगरपालिकाका कर्मचारीहरुले बहिस्कार गरेका छन् । विशेष गरि स्थायी सेवामा कार्यरत रहेको कर्मचारीहरुले आगामी बर्षको बजेटमा आफुहरुले प्राप्त गर्दै आएको २ हजार खाजा भत्ता हटाएकोमा असन्तुष्टी जनाउदै नगर सभा बहिस्कार गरेर अनुपस्थित भएका थिए ।

 

सभाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख कृष्णराज पण्तिडले कर्मचारीका असन्तुष्टी र वडासदस्यहरुले राखेको विमती तथा समस्याहरुलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा 

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

↑