• बुधबार ६-२१-२०८३/Wednesday 10-07-2026
  • ON AIROpening Tone
  • UP NEXTAadhyatmik Sandesh

लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी

दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा ढिलाइ भएको भन्दै वडा कार्यालयमा पुगेर जनदबाब दिएका छन्।

 

मणी पौडेलको नेतृत्वमा सयौँको संख्यामा वडा कार्यालय पुगेका स्थानीयले वडा अध्यक्ष खड्गसिंह थापासँग लालपुर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ र निर्णायक पहल गर्न किन ढिलाइ भइरहेको भन्दै प्रश्न गरेका थिए। वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा बैंकिङ कारोबार, सम्पत्ति हस्तान्तरण तथा अन्य कानुनी प्रक्रियामा समस्या भएको भन्दै उनीहरूले तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन्।

 

स्थानीयको गुनासो सम्बोधन गर्दै वडा अध्यक्ष थापाले लालपुर्जा वितरण गर्ने अधिकार स्थानीय तहलाई नरहेको र आफूहरूले सहजीकरण तथा सम्बन्धित निकायमा पहल मात्रै गर्न सक्ने बताउनुभयो। उहाँले आफू पनि लालपुर्जा पीडित रहेको उल्लेख गर्दै अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो।

 

वडा सदस्य गिरबहादुर थापाले पनि लालपुर्जा वितरणका लागि पटक–पटक पहल गरिए पनि समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँले अब नागरिक आफैँ जागरुक भएर सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

 

स्थानीयले भने पटक–पटक आश्वासन मात्रै दिने काम भए आन्दोलन र धर्ना चर्काउने चेतावनी दिएका छन्। उनीहरूले माग सम्बोधन नभए आगामी स्थानीय तहको निर्वाचनसमेत बहिस्कार गर्ने चेतावनी दिएका छन्।

 

वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व प्रमाणित गर्ने लालपुर्जा नपाएका स्थानीयले समस्या यथाशीघ्र समाधान गरी लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा 

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

↑