कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको छ।
शुक्रबार गृहजिल्ला तनहुँ आउनुभएका पौडेलले दुलेगौँडामा पार्टीका नेता–कार्यकर्तासँगको भेटमा विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिमा अस्वाभाविक रूपमा सदस्य संख्या बढाएर सहमति खोज्ने प्रयास गरिएपछि विवाद समाधान हुन नसकेको बताउनुभयो।
उहाँका अनुसार संस्थापन पक्षका २०१ सदस्यमा इतर पक्षका १०१ सदस्य थप्ने प्रस्तावले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्ने भएकाले आफूहरूले स्वीकार गर्न नसकेको हो। “२०१ सदस्यीय केन्द्रीय समितिमा इतर पक्षका १०१ सदस्य थप्दा वैधानिक रूपमा पार्टी फुट्न सक्ने डर देखियो,” पौडेलले भन्नुभयो, “मिलाउने बहानामा विधानविपरीत काम गर्नु पनि उपयुक्त देखिएन।”
महामन्त्री पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि आफू पद छोड्नसमेत तयार रहेको बताउँदै पनि विवाद समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो।
सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने
खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको
लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी
दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा
अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाद्वारा तनहुँका विभिन्न पालिकामा विविध कार्यक्रम
दुलेगौंडा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तनहुँका विभिन्न पालिकामा सचेतनामूलक तथा सामाजिक कार्यक्रम

प्रतिकृया दिनुहोस