अलपत्र भारतीय यात्रु र सवारी साधनको प्रहरीले उद्धार
भिमाद। तनहुँमा बाटो बिराएर अलपत्र परेका पाँच जना भारतीय यात्रु र उनीहरू सवार बिग्रिएको भारतीय नम्बर प्लेटको कारलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
मुक्तिनाथ दर्शन गरी सुनौली बोर्डरतर्फ फर्कने क्रममा भारतीय नम्बर प्लेट UP32LB4609 को कारमा सवार पाँच जना भारतीय नागरिक बाटो बिराएर तनहुँको भिमाद नगरपालिका–१, ढुङ्गेनीमा अलपत्र परेका थिए। कारसमेत बिग्रिएपछि उनीहरूले उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तनहुँको १०० नम्बरमा सूचना दिएका थिए।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँले सम्भावित क्षेत्रमा विभिन्न प्रहरी टोली परिचालन गरेको थियो। सोही क्रममा प्रहरी चौकी डुम्रे बेंसीबाट खटिएको टोलीले उनीहरूलाई भिमकाली राजमार्गअन्तर्गत भिमाद हुँदै स्याङ्जा–पाल्पातर्फ जाने भित्री सडकखण्डमा सकुशल फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले बिग्रिएको सवारी साधन र पाँचै जना यात्रुलाई सुरक्षित रूपमा भिमादतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले यात्रुहरूलाई आवश्यक सहयोगसमेत गरेको जनाएको छ।
नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका
चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको
सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद

प्रतिकृया दिनुहोस