• मंगलबार ५-९-२०८३/Tuesday 08-25-2026
  • ON AIRKayakairan
  • UP NEXTNepali Bahas

शुक्लागण्डकीको विकास निर्माणप्रति रास्वपाको असन्तुष्टि

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको विकास निर्माण तथा जनप्रतिनिधिको कामकारबाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले असन्तुष्टि जनाएको छ।

 

नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा रास्वपा शुक्लागण्डकीका सभापति हरी खड्काले नगरपालिकाले कृषि र पर्यटन प्रवर्द्धनका लागि तय गरेको नाराअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले भूमि समस्या समाधान, जेन्जी आन्दोलनका क्रममा जलेका सरकारी फाइलको व्यवस्थापन, पशु चिकित्सक नियुक्ति, बजार अनुगमन तथा कृषि सामग्री वितरणमा देखिएका समस्या समाधान गर्न नगरपालिकाले प्रभावकारी पहल गर्न नसकेको आरोप लगाउनुभयो।

 

खड्काले सरकारी विद्यालयले लिने शुल्क नियन्त्रण, योजना छनोटमा प्राथमिकता निर्धारण तथा नगरपालिकाको आर्थिक पारदर्शिता र बेरुजु घटाउने विषयमा समेत गम्भीर बन्न नगर सरकारलाई सुझाव दिनुभयो।

 

जवाफमा नगर प्रमुख कृष्णराज पण्डितले कृषि क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार कृषकलाई अनुदानमा मल तथा कृषि औजार वितरण, जैविक मल प्रवर्द्धन, अर्ग्यानिक उत्पादन तथा किसान प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेका छन्। दूधमा अनुदान दिन नगरपालिकाले २५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको उहाँले जानकारी दिनुभयो।

 

पशु चिकित्सक नियुक्तिका लागि प्रक्रिया अघि बढाइए पनि विभिन्न कारणले नियुक्ति हुन नसकेको भन्दै नगर प्रमुख पण्डितले तत्काल विज्ञापन आह्वान गरी नियुक्ति प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

 

निर्माण व्यवसायीलाई समेत आवश्यकताअनुसार कारबाही भइरहेको बताउँदै नगर प्रमुख पण्डितले नगरपालिकाको विकासमा आफूहरू प्रतिबद्ध भएर काम गरिरहेको र त्यसको परिणाम देखिन थालेको दाबी गर्नुभयो।

प्रतिकृया दिनुहोस

सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग 

भिमाद ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद

प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न

बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ।   जिल्ला प्रहरी कार्यालय

पुत्रदा एकादशीको अवसरमा हिलेटारमा भजनकीर्तनसहित संगीतमय कथा वाचन

दुलेगौँडा । पुत्रदा एकादशीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा भजनकीर्तनसहित संगीतमय कथा