पुत्रदा एकादशीको अवसरमा हिलेटारमा भजनकीर्तनसहित संगीतमय कथा वाचन
दुलेगौँडा । पुत्रदा एकादशीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा भजनकीर्तनसहित संगीतमय कथा वाचन गरिएको छ ।
आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभएको कार्यक्रममा भक्तजनले कथा श्रवणसँगै भजनकीर्तन गरेका थिए । शुक्ला हिलेटारमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म कथा वाचन, भजनकीर्तनलगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने व्यवस्थापन समिति अध्यक्ष पर्शुराम भण्डारीले बताउनुभयो । साउन महिनाभर सोमबार शिव महिमा सत्संगसमेत गरिएको थियो ।
सेती नदी किनारमा रहेको हिलेटार क्षेत्रमा दुग्देश्वर शिव मन्दिरसहितको धार्मिक पर्यटकीय गन्तव्य निर्माणको काम भइरहेको छ । निर्माणाधीन मन्दिरलाई पूर्णता दिन आर्थिक सहयोग सङ्कलन जारी रहेकाले समितिले सहयोगका लागि सबैमा आग्रह गरेको छ ।
सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद
प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न
बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय
शुक्लागण्डकीको विकास निर्माणप्रति रास्वपाको असन्तुष्टि
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको विकास निर्माण तथा जनप्रतिनिधिको कामकारबाहीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले असन्तुष्टि

प्रतिकृया दिनुहोस