• मंगलबार ५-९-२०८३/Tuesday 08-25-2026
  • ON AIR
  • UP NEXTNari Sansar

पुत्रदा एकादशीको अवसरमा हिलेटारमा भजनकीर्तनसहित संगीतमय कथा वाचन

दुलेगौँडा । पुत्रदा एकादशीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा भजनकीर्तनसहित संगीतमय कथा वाचन गरिएको छ ।

 

आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभएको कार्यक्रममा भक्तजनले कथा श्रवणसँगै भजनकीर्तन गरेका थिए । शुक्ला हिलेटारमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म कथा वाचन, भजनकीर्तनलगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने व्यवस्थापन समिति अध्यक्ष पर्शुराम भण्डारीले बताउनुभयो । साउन महिनाभर सोमबार शिव महिमा सत्संगसमेत गरिएको थियो ।

 

सेती नदी किनारमा रहेको हिलेटार क्षेत्रमा दुग्देश्वर शिव मन्दिरसहितको धार्मिक पर्यटकीय गन्तव्य निर्माणको काम भइरहेको छ । निर्माणाधीन मन्दिरलाई पूर्णता दिन आर्थिक सहयोग सङ्कलन जारी रहेकाले समितिले सहयोगका लागि सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका

चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ

बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको

सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग 

भिमाद ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद