शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न
दुलेगौँडा । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार दुलेगौँडामा सम्पन्न साधारण सभामा विद्युत तथा प्लम्बिङ सेवामा संलग्न दक्ष जनशक्तिले आफ्नो पेसालाई थप सम्मानित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महानिर्देशक विदुरहरि आचार्यले इलेक्ट्रिसियन तथा प्लम्बरजस्ता प्राविधिक पेसालाई सम्मानित बनाउन सरकारले सीप परीक्षणको अवधारणा अघि बढाएको बताउनुभयो। उहाँले सीप परीक्षणमार्फत प्राविधिक क्षेत्रमा कार्यरत दक्ष जनशक्तिको सीप प्रमाणित गरी उनीहरूको पेसागत सम्मान बढाउने सरकारको उद्देश्य रहेको उल्लेख गर्नुभयो। महानिर्देशक आचार्यले इलेक्ट्रिसियन तथा प्लम्बरहरूलाई सीप परीक्षण प्रक्रियामा सहभागी भएर आफ्नो दक्षता प्रमाणित गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सीटीईभीटी गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारी र प्रदेशको एभीक्यूएस परियोजनाका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले सरकारले ल्याउन लागेको सीप परीक्षणसम्बन्धी ऐनले प्राविधिक क्षेत्रमा कार्यरत जनशक्तिलाई न्याय दिने बताउनुभयो। उहाँहरूले समयअनुसार आफ्नो सीप र दक्षता विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो।
साधारण सभामा भ्याली टेक्निकल इन्स्टिच्युट पोखराका प्रमुख विष्णु लामिछाने, पुष्पाञ्जली पोलिटेक्निकका प्रमुख कृष्णप्रसाद रेग्मी र समितिका पूर्वअध्यक्ष गेबहादुर गुरुङलगायतले पेशागत एकता कायम गर्दै विद्युत तथा प्लम्बिङ पेसाको गौरव र प्रतिष्ठा बढाउन सक्रिय हुन सहभागीहरूलाई आग्रह गर्नुभयो।
समितिका अध्यक्ष भानबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्युत तथा प्लम्बिङ क्षेत्रमा कार्यरत व्यवसायी तथा दक्ष कामदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समितिका सचिव केशवराज पौडेलले गर्नुभएको थियो।
ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शुक्रबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको
नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका
चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको

प्रतिकृया दिनुहोस