• बुधबार ५-१७-२०८३/Wednesday 09-02-2026
  • ON AIRCalling Time
  • UP NEXTThaha Khabar

बाढीपीडितका लागि खैरेनी माविका बिद्यार्थीले जुटाए १६ हजार बढी सहयोग

खैरेनीटार । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुँको खैरेनी माध्यमिक विद्यालयका विद्यार्थीहरूले १६ हजार ५ सय ७८ रुपैयाँ सहयोग जुटाएका छन्।

 

विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजाका लागि घरबाट ल्याएको रकमबाट समेत सहयोग गरेका थिए। कक्षा ४ का छात्र रिशन श्रेष्ठले आफ्नो खुतुर्के फुटाएर ५ सय ५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूको मानवीय तथा सामाजिक सेवाभावको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे, सहायक प्रधानाध्यापक भीमप्रसाद वाग्ले तथा आधारभूत तह संयोजक दीपक भण्डारीले विपद्का बेला सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ।

 

विद्यार्थीहरूबाट सङ्कलित १६ हजार ५ सय ७८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

 

विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको सक्रियतामा विद्यार्थीहरूबाट उक्त रकम सङ्कलन गरिएको हो। सहयोग सङ्कलनमा बाल क्लब संयोजक शिक्षक सावित्री गिरी र जुनियर रेडक्रस सर्कल संयोजक शिक्षक गिरिराज अर्यालले समन्वय गर्नुभएको थियो।

 

सानै उमेरमा विपद्मा परेका नागरिकप्रति सहयोग र संवेदना व्यक्त गर्दै विद्यार्थीहरूले देखाएको यो पहलले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाभाव विकासमा सकारात्मक सन्देश दिएको छ।

 

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न

दुलेगौँडा । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार दुलेगौँडामा सम्पन्न साधारण सभामा विद्युत

ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा

दुलेगौंडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शुक्रबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको