• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRCultural Songs
  • UP NEXTNepal Khabar

मन्टेश्वरीका विद्यार्थीलेसमेत सम्झिए बाढी प्रभावितलाई 

ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित आदर्श विद्यामन्दिर मन्टेश्वरी स्कुलमा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा शोकसभा सम्पन्न गरिएको छ ।

 


राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै एक मिनेट मौनधारण गरेका थिए । उनीहरूले बेपत्ताहरूको शीघ्र खोजी तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै सामूहिक प्रार्थनासमेत गरेका थिए ।

 


कार्यक्रमका क्रममा विद्यालयको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । साथै, विपत्तिप्रभावितलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी, नानीबाबु तथा शिक्षक–शिक्षिकाबाट सङ्कलित ८ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयकी प्रधानाध्यापक मौसमी साहसेन ठकुरीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

बाढीमा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा दीप प्रज्वलन

बेलचौतारा । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा हालसम्म बेपत्ता भएकाहरूको सम्झनामा तनहुँको शुक्लागण्डकीमा दीप प्रज्वलनसहित मौन

कमला घाट शवदहन गृह व्यवस्थापन समितिको नेतृत्वमा इश्वरीमाया कायस्थ

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा रहेको कमलघाँट शब्दहन गृह व्यवस्थापन समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय