तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले दगाम गाउँलाई देशभरिका उत्कृष्ट तीन ग्रामीण पर्यटकीय गन्तव्यको सूचीमा घोषणा गर्ने भएको हो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सिफारिसमा दगामलाई यस वर्ष उक्त सूचीमा सूचीकृत गर्ने निर्णय भएको अध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार दगामबाट देखिने प्राकृतिक सुन्दरता, घरबास कार्यक्रमको अवस्था र पर्यटक पुग्न सक्ने सहजतालाई आधार बनाएर छनोट गरिएको हो ।

मंगलबार दगामको प्रचार–प्रसारका लागि भिटोफले आयोजना गरेको घरबास प्रवद्र्धन कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दगामलाई नगरपालिकाको प्रमुख पर्यटकीय गाउँका रूपमा विकास गर्न प्राथमिकता दिइएको बताउनुभयो । उहाँले दगामको सम्भावनालाई उजागर गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक तथा अन्य भौतिक संरचना निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । गाउँमा पर्यटकको आकर्षण बढ्दै गए पनि बसाइँसराइले असर पार्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका प्रशासकीय अधिकृत रामहरि ढुंगाना, पोखरा महानगरपालिकाका कृषि तथा आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरिराम अधिकारी, भिटोफका उपाध्यक्ष विश्व अधिकारीलगायतले दगाम स्थानीय कला, खाना र प्राकृतिक मनोरम दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । उनीहरूले प्रमुख पर्यटकीय गन्तव्य गाउँका रूपमा सूचीकृत भएपछि दगामको विकासमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल सरकारले आगामी आइतबार ४७औँ विश्व पर्यटन दिवसको अवसरमा तनहुँको दगामसहित चितवनको माडी गाउँ र काठमाडौँको फर्पिङ गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गर्ने तयारी गरेको छ । भिटोफ गण्डकीका अनुसार सरकारले प्रत्येक वर्ष तीनवटा ग्रामीण पर्यटकीय स्थललाई सूचीकृत गर्दै आएको छ ।

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने
खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको
कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो
दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको
लालपुर्जा माग्दै वडा कार्यालय पुगे स्थानीय, आन्दोलन चर्काउने चेतावनी
दुलेगौँडा । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयले जग्गाको स्वामित्व प्रमाणपत्र वितरणमा

प्रतिकृया दिनुहोस