शुक्लागण्डकीको आँगनमा नेपथ्य गुञ्जने
दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ । आगामी मंसिर १२ गते लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा नेपथ्यले आफ्नो प्रस्तुति राख्ने भएको हो ।
लाइभ कन्सर्टबारे सोमबार दुलेगौँडामा पत्रकार सम्मेलन गर्दै आयोजकले शुक्लागण्डकीको प्रचारप्रसार, सांगीतिक सम्भावना र शैक्षिक क्षेत्रको विकासका लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुखसमेत रहनुभएका कन्सर्ट संयोजक खुमबहादुर विक (राजु)ले ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुन : नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

विकले १० हजार संगीतप्रेमीमाझ नेपथ्यको प्रस्तुति पस्कने लक्ष्य राखिएको बताउँदै कार्यक्रमबाट एक करोड रुपैयाँ आम्दानी गर्ने र ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रमबाट हुने बचत रकम लायन्स इन्टरनेसनलको ‘पढाउ’ अभियानअन्तर्गत शिक्षा क्षेत्रमा लगानी गरिने स्पष्ट पार्नुभयो । शुक्लागण्डकीसहित छिमेकी पालिकाका विद्यालय र विद्यार्थीलाई सहयोग गरिने उहाँको भनाइ छ ।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा आयोजना गरिने कार्यक्रमले शुक्लागण्डकीलाई विश्वमाझ चिनाउन र यहाँको सांगीतिक सम्भावनालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्र ढुंगानाले बताउनुभयो । उहाँले नेपथ्यको कन्सर्ट यस क्षेत्रका लागि ऐतिहासिक कार्यक्रम बन्ने दाबीसमेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले लायन्स क्लबले शुक्लागण्डकीको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको भन्दै स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, आयोजक क्लबका सदस्य सुरेश पौडेललगायतले सामाजिक सेवाको स्पष्ट उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रमले अन्य आयोजकलाई समेत सकारात्मक सन्देश दिएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

दुलेगौडा महोत्सव गर्न छैन प्रशासनको अनुमति
अशोक विश्वकर्मा पर्सि अर्थात् असोज ८ गतेदेखि तनहुँको दुलेगौँडामा सञ्चालन गर्न लागिएको महोत्सवका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयबाट अनुमति
दुलेगौँडा सांस्कृतिक महोत्सव विवादमा, रोक लगाउन व्यवसायीको माग
दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा शुक्लागण्डकी युवा क्लवले पर्सि बिहीबारदेखि १० दिने महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ । तर,
दुलेगौँडामा तीज गीत प्रतियोगिता, पोखराको वर्चस्व
दुलेगौँडा । दुलेगौँडामा आयोजना गरिएको खुला तीज गीत प्रतियोगितामा पोखरा–२३ को सहनशील दिदीबहिनी समूह प्रथम भएको छ। शुक्लागण्डकी नगर उद्योग

प्रतिकृया दिनुहोस