• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • ON AIR
  • UP NEXTDhorbarahi Highlights

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन चलिरहेको छ । यसैक्रममा तनहुँका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।

 

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका आनन्दराज त्रिपाठी निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा त्रिपाठीले ३ सय ६६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी विशेश्वर खनालले ३ सय ६३ तथा सूर्यचन्द्र हड्खलेले २ सय ५६ मत प्राप्त गर्नुभएको थियो ।सभापतिमा निर्वाचित भएका त्रिपाठीले काँग्रेसको गुमेका साख फिर्ता ल्याउन गरि पार्टी गतिविधीमा सक्रिय हुने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।  

 

यस्तै, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा धिरेश खनाल र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा कर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ।


यता, तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिसहित महाविधेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चयनका लागि बेलचौतारामा मतगणना जारी रहेको छ । क्षेत्रीय सभापतिका लागि जीतराज राना र रसामाया गुरुङबीच प्रतिस्पर्धा रहेकोमा पछिल्लो मतपरिणामअनुसार जीतराज रानाले अग्रता कायम गर्नुभएको छ । राना गुरुङभन्दा करिब २ सय मतले अगाडि रहेको जानकारी प्राप्त भएको छ।

 


यसैबीच, महाधिवेशन प्रतिनिधि चयनमा पनि तनहुँ कांग्रेसका चर्चित तथा स्थापित नेताहरूले अग्रता कायम गरेका छन् । युवा नेताहरूको समेत महाधिवेशन प्रतिनिधिमा उल्लेख्य आकर्षण देखिए पनि हालसम्म प्राप्त मतपरिणामले भने जिल्लामा लामो समयदेखि सक्रिय तथा स्थापित नेताहरू अगाडि देखिएको संकेत गरेको छ ।

 

महाधिवेशन प्रतिनिधितर्फ कांग्रेसका जिल्ला उपसभापति तथा सभापतिसहितका नेताहरू जीतप्रकाश ओली, राजेन्द्रकृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित तथा क्षेत्रीय सभापति चूडामणि खनाल लगायतले अग्रता कायम गर्नुभएको जानकारी प्राप्त भएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
 

प्रतिकृया दिनुहोस

तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा 

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

सरकारप्रति अहिले नै शंका गर्नुपर्दैन– सांसद न्यौपाने

खैरेनीटार । तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले वर्तमान सरकारप्रति अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको

कांग्रेस महामन्त्री पौडेलको आरोप - इतर पक्षले पार्टी फुटाउने प्रस्ताव ल्यायो

दुलेगौँडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको इतर पक्षले पार्टी विभाजन हुनसक्ने गरी प्रस्ताव अघि सारेको आरोप लगाउनुभएको

↑