• आइतबार ७-९-२०८३/Sunday 10-25-2026
  • ON AIROld Nepali & Hindi Songs
  • UP NEXTDhorbarahi Highlights

संविधान र लोकतन्त्रविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लाग्दैन : महामन्त्री पौडेल

दुलेगौँडा  । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधान र लोकतान्त्रिक व्यवस्थाविरुद्ध सरकार अघि बढे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ।

 

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले दुईतिहाइ बहुमतको दम्भमा सरकारले संविधान र लोकतन्त्रविपरीत गतिविधि गरे अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर प्रतिवाद गर्ने बताउनुभयो ।

 

महामन्त्री पौडेलले राष्ट्रिय हित र देश निर्माणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो । वक्ताहरूले यस्ता कार्यक्रमले राजनीतिक दलहरूबीच आपसी सद्भाव र सहकार्य बढाउन सहयोग पुग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी

तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न

काँग्रेस अधिवेशन : तनहुँ १ मा त्रिपाठी निर्वाचित, २ मा जितराज रानाको अग्रता, महाधिवेशन प्रतिनिधिमा स्थापित नेतालाई मत

दुलेगौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तथा नगर÷गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन

तनहुँको दगाम गाउँलाई पर्यटकीय गन्तव्यको सूचीमा 

दुलेगौँडा ।  शुक्लागण्डकी नगरपालिकाको दगाम गाउँ यस वर्ष पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत हुने भएको छ । नेपाल सरकारको संस्कृति तथा पर्यटन

↑