दुलेगौँडा खानेपानी समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न
दुलेगौंडा । तनहुँको दुलेगौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको दुलेगौँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बजार क्षेत्रका ९०८ घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको समितिको साधारणसभामा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले खानेपानीको सहज आपूर्तिका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले बजार क्षेत्रमा समेत सहज र निःशुल्क खानेपानीको व्यवस्था गर्ने नगरपालिकाको योजनामा खानेपानी संस्थाहरूको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्यायले खानेपानी योजनाहरूको व्यवस्थापन र सञ्चालनलाई सहज बनाउन सरकारको समेत ध्यानाकर्षण भएको बताउनुभयो। उहाँले सरकारले गरेका व्यवस्था र नीतिअनुसार अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै सोहीअनुसार संस्थाहरू तयार हुनुपर्नेमा जोड दिनुभयो। शुद्ध खानेपानी आपूर्तिका लागि प्रविधिको उच्चतम प्रयोग र नियमित तथा सहज सेवा प्रवाहमा खानेपानी संस्थाहरू गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
समितिका अध्यक्ष राजुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको वडा नम्बर ४ व्यवस्थापन समितिका सभापति बालकृष्ण विक, समितिका पूर्वअध्यक्ष गजेन्द्र पौडेल तथा उपभोक्ताहरू विष्णु महत र सरस्वती सिग्देललगायतले खानेपानी सेवालाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँहरूले बजार क्षेत्रमा निःशुल्क खानेपानीका धारा जडान गर्नुपर्ने, संस्थाको आर्थिक पारदर्शिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।
साधारणसभामा अध्यक्ष राजुराम श्रेष्ठ, सचिव जगदीश गौतम, कोषाध्यक्ष बेलबहादुर श्रेष्ठ र लेखा समिति संयोजक ज्ञाननारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनसमेत पारित गरिएको समितिले जनाएको छ ।
तीनखोले बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न
खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा रहेको तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ
शुक्लागण्डकीको म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी, दुई ट्याक्टर पक्राउ
बेलचौतारा । तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका सिमामा पर्ने सेति/म्याग्दे दोभानमा नदीजन्य पदार्थ चोरी गर्ने दुई ट्याक्टरलाई
शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्वसैनिक
खैरेनीटार । भारतीय सेनाबाट अवकाश प्राप्त पूर्वसैनिकहरू शुक्लागण्डकीमा संगठित भएका छन् । गैरराजनीतिक रूपमा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यले

प्रतिकृया दिनुहोस