• सोमबार ८-१-२०८३/Monday 11-16-2026
  • ON AIRKayakairan
  • UP NEXTNepali Bahas

हरिबोधनी एकादशी मेलालाई भव्य र व्यवस्थित बनाउने तयारी

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडास्थित पुलचोकमा लाग्ने ऐतिहासिक हरिबोधनी एकादशी मेलालाई यस वर्ष थप भव्य र व्यवस्थित बनाउने तयारी गरिएको छ ।

 

शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको हो ।

 

समितिका अध्यक्ष परशुराम शर्मा भण्डारीले मेला भर्न तनहुँ, कास्की र स्याङ्जालगायतका जिल्लाबाट आउने दर्शनार्थीहरूको सहजताका लागि स्नान गर्ने स्थान व्यवस्थित गरिने र पूजाआजाका लागि समेत आवश्यक नियम तथा व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो ।

 

यस वर्ष पनि समितिले तोरण तार्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । जसअनुसार मंसिर २ गते डोरी बाँध्ने, ३ गते फूल उन्ने र ४ गते तोरण तार्ने कार्यक्रम तय गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक भक्तजनहरूलाई आग्रहसमेत गर्नुभएको छ ।

 

मेलाका क्रममा विगतमा सुनलगायत बहुमूल्य गरगहना हराउने घटना दोहोरिने गरेको भन्दै अध्यक्ष भण्डारीले यस वर्ष मेला भर्न आउने भक्तजनहरूलाई बहुमूल्य गरगहना तथा सामान नल्याउन आग्रह गर्नुभएको छ ।

 

अध्यक्ष भण्डारीले हरिबोधनी एकादशी मेलाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको शुक्ला हिलेटार क्षेत्रको प्रचारप्रसारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, मन्दिर क्षेत्रमा निर्माण हुन लागेको नयाँ मन्दिरको महत्त्व र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि मेलाले सकारात्मक भूमिका खेल्ने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीमा फुल उत्पादक किसानले बजार पाए, ९ लाख ५३ हजार आम्दानी

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–बेलचौतारामा तिहारलाई लक्षित गरी सञ्चालन गरिएको हाटबजारमार्फत स्थानीय फूल किसानले उत्पादनको उचित

दुलेगौँडामा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४७ र म्हः पूजा

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा बसोबास गर्ने नेवार समुदायले नेपाल सम्वत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना आदानप्रदान गरेका

शुक्लागण्डकीमा नेकपाको जागरण अभियान सुरु

दुलेगौंडा । केन्द्रदेखि जिल्ला तहले सुरु गरेको नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियान शुक्लागण्डकी नगरपालिकामा पनि सुरु भएको छ । पार्टी संगठन

↑