कास्कीको मजुवामा दुर्घटना, शुक्लागण्डकीका पुरुषको मृत्यु
मजुवा । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा तनहुँका एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ११ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प ३५७३ नम्बरको स्कुटर पृथ्वी राजमार्गस्थित सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी २२ वर्षीया सूचना शर्मा र स्कुटरको पछाडि सवार उनका ६१ वर्षीय बुबा माधवप्रसाद शर्मा गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा माधवप्रसाद शर्माको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहुँमा सर्च एण्ड स्विप अपरेसन, ९ जना प्रहरी नियन्त्रणमा
तनहुँमा लागुऔषध नियन्त्रण, अवैध मदिरा ओसारपसार तथा बिक्री नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप
दुलेगौँडाको एकादशी बजार ब्यवस्थित बनाइने, कानुन र धर्मद्धारा बर्जित क्रियाकलापमा रोक
दुलेगौँडा । हरिबोधनी एकादशीका दिन दुलेगौँडास्थित पुलचोकमा लाग्ने मेलालाई थप ब्यवस्थित बनाउन शुक्लागण्डकी नगरपालिकाले पहल थालेको छ
हरिबोधनी एकादशी मेलालाई भव्य र व्यवस्थित बनाउने तयारी
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडास्थित पुलचोकमा लाग्ने ऐतिहासिक हरिबोधनी एकादशी मेलालाई यस वर्ष थप भव्य र व्यवस्थित बनाउने

प्रतिकृया दिनुहोस