• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

चाडबाड लक्षित बजार अनुगमन सुरु 

दुलेगौँडा । नेपाली समुदायको महान पर्वहरु नजिकिन थालेसँगै शुक्लागण्डकी नगरपालिकाका बजार क्षेत्रमा अनुगमन सुरु गरिएको छ । नगरपालिकाले चाडपर्वमा उपभोक्ताहरुलाई महंगी, मिसावट जन्य, अखाद्य, कृतिम अभाव लगायतका  समस्या नहोस भन्ने उदेश्यले बजार अनुगमन सुरु गरेको हो । 


आइतबार नगरपालिकाको दुलेगौँडामा क्षेत्रमा रहेका मासुजन्य र खाद्य बस्तुको अनुगमन गरि म्याद गुज्रेका र खान अयोग्य सामाग्रीहरु जफत गरिएको अनुगमन समितिका सदस्य रामचन्द्र सुबेदीले जानकारी दिनुभयो । उहाँले बजारमा विक्रीका लागि राखिएको तर खानका लागि अयोग्य ठहर भएका सामानहरु जफत गर्नुका साथै दर्ता प्रकृया पुरा गरेर मात्र ब्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो । 


अनुगमनमा खटिएका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघका सदस्य तथा जनप्रतिनिधीहरुले चाडवर्पमा बढी हुने पेय पदार्थ, खाद्यान्न र विक्री प्रतिवन्ध लगाइएको माछा नियन्त्रणमा लिएका छन् । बजार अनुगमनलाई तिव्र बनाइने जानकारी दिदै उपभोक्ताहरुलाई समेत सामान खरिद गर्दा सचेत भएर किनमेल गर्न नगरपालिकाले अनुरोध गरेको छ । 
 

प्रतिकृया दिनुहोस

योग दिवसमा सुर्य नमस्कार प्रतियोगिता

दुलेगौंडा /माघ १ । शुक्लागण्डकी, तनहुँ — श्री मुक्तिनाथ च्यवनधाम मन्दिर, शुक्लागण्डकीमा आयोजित राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सम्पन्न

तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल

आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि।   तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि

शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आजबाट धार्मिक महोत्सव हुने 

दुलेगौँडा ।  आज साउनको तेस्रो सोमबार । आज देशभरका शिवालय क्षेत्रको रौनक धार्मिक उत्सवमय बनेको छ । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना