महोत्सवमा टिकटक र रिल्स भिडियो प्रतियोगिता
बेलचौतारा । पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवमा यो पटक टिकटक र रिल्स भिडियो प्रतियोगिता हुने भएको छ । भिडियो निर्माणमा युवापुस्ताको लगाबलाई मध्यनजर गर्दै टिकटक र रिल्स प्रतियोगिता आयोजना गरिएको हो ।
महोत्सवको प्रब्रद्र्धनात्मक भिडियो बनाउनेमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, टिकटक र रिल्स दुवै विधामा प्रथम हुनेलाई जनही ४/४ हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रो हुनेलाई जनही २/२ हजार रुपैयाँ र तेस्रो हुनेलाई जनही १/१ हजार रुपैयाँले पुरस्कृत गरिने उनको भनाइ छ ।
महोत्सवस्थलबाट प्रबद्र्धनात्मक भिडियो तयार पारेर पोस्ट गर्नुपर्नेछ । एक जनाले धेरै भन्दा धेरै भिडियो बनाउन सकिन्छ । तर, भ्युज, लाइक, कमेन्ट र शेयर नजोडिने आयोजकले जनाएको छ । सर्वाधिक भ्युज, लाइक, कमेन्ट र शेयर भएका भिडियोलाई पुरस्कृत गरिने उल्लेख गरिएको छ ।
बुस्ट गरेर बढाइएको भ्युज, लाइक, कमेन्ट र शेयरलाई मान्यता नदिने आयोजकले नियम बनाएको छ । चैत १६ गतेसम्म निर्माण गरिएको भिडियोले पुरस्कार पाउनेछन् ।
शुक्लागण्डकी महोत्सव , श्यामले हसाए, सुमनले नचाइन् दर्शक
दुलेगौंडा। शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौ शुक्लागण्डकी महोत्सव–२०८२ जारी छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी
आजबाट शुक्लागण्डकी महोत्सव, नवनिर्वाचित सांसदले उद्घाटन गर्ने
बेलचौतारा । आजबाट बेलचौतारामा सुरु हुने पाँचौ संस्करणको शुक्लागण्डकी महोत्सवको तयारी पुरा भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको
च्यवनधाममा महेश्वर खनाल भजन समूह प्रथम
दुलेगौँडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको सातौं संस्करणको खुला भजन कीर्तन प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम भएको छ

प्रतिकृया दिनुहोस