• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

जोडिदै रास्वपा, टुटफुटमा पुराना दलहरु

दुलेगौँडा ।  नेपाली काँग्रेसका युवा नेता प्रकाश थापा सत्ता रुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । काँग्रेसको भातृ संगठन तरुण दल तनहुँ २ का सभापति समेत रहेका थापा मंगलबार रास्वपामा प्रवेश गरेको रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले जानकारी दिनुभयो । 

 


थापा काँग्रेस राजनिती मार्फत युवाहरु विच प्रिय युवा नेताको रुपमा परिचित थिए । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका थापाको उपस्थितीले काँग्रेसमा नोक्सान र रास्वपालाई फाइदा हुने विश्लेषण गरिएको छ । 

 


रास्वपामा काँग्रेस पृष्ठभूमिकै विष्णुबहादुर महत र व्यवसायी फणिन्द्र पौडेल पनि प्रवेश गरेका छन् । उनीहरुलाई प्रदेशका विभिन्न उपसमितिमा समेत चयन गरिएको रास्वपा शुक्लागण्डकीका सभापति खरि खड्काले जानकारी दिनुभएको छ । 

 


रास्वपामा ऋषिङ गाउँपालिका ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठ समेत प्रवेश गरेका छन् । लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका श्रेष्ठको प्रवेशले ऋषिङमा रास्वपाको पकड बलियो बन्ने रास्वपा स्रोतको विश्लेषण रहेको छ । यस अघि एमाले नेता दुर्गाकुमार श्रेष्ठ पनि रास्वपामा लागेका थिए । 
 

प्रतिकृया दिनुहोस

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।   नगरपालिकाको १९ औँ नगर सभा

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   सम्मान