• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

डि.जि लिंक नेटवर्क तेह्रौँ वर्षमा प्रवेशः गुणस्तरीय सेवामा अग्रणी बन्ने प्रतिबद्धता

दुलेगौँडा। इन्टरनेट सेवा प्रदायक कम्पनी डि. जि लिंक नेटवर्क प्रा.लि. १२ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ साल जेठ २२ गते शुक्लागण्डकी क्षेत्रलाई केन्द्रित गरी स्थापित कम्पनीले आज आफ्नो १२ औँ वार्षिकोत्सव मनाउदै छ ।  छोटो समयमै यस क्षेत्रकै उत्कृष्ट र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा डि. जि लिंकले बजारमा बलियो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । 

 


वार्षिकोत्सवको अवसरमा संस्थाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विपिन वाग्लेले सम्पूर्ण ग्राहक वर्गमा कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, ‘हामीलाई सेवा गर्ने अवसर दिनुहुने सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।  आगामी दिनमा पनि यहाँहरूको माया र विश्वास निरन्तर प्राप्त हुनेमा हामी विश्वस्त छौँ। भोलिका दिनमा ग्राहकहरूलाई अझ बढी परिष्कृत, तीव्र गतिको र गुणस्तरीय सेवा प्रदान गर्न संस्था पूर्ण रूपमा प्रतिबद्ध छ ।’ 

 


डि. जि लिंक नेटवर्कले हाल गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न रणनीतिक क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीले हाल तनहुँ, कास्की, स्याङ्जा र पाल्पा जिल्लाहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । 

 


संस्थाका अप्रेसन डाइरेक्टर मदन केसीका अनुसार कम्पनीले अत्याधुनिक जीपोन फाइबर टु द होम एफटिटिएच प्रविधिमार्फत ग्राहकहरूको घर–घरमा सिधै इन्टरनेट पु¥याइरहेको छ । जडानपछिको उत्कृष्ट ग्राहक सेवा  र निरन्तरको उच्च गतिकै कारण डि. जि लिंक उपभोक्ताको पहिलो रोजाइमा पर्न सफल भएको दाबी कम्पनीले गरेको छ । 
इन्टरनेट सेवा प्रदायकहरूको तीव्र प्रतिस्पर्धाका बीच उचित मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्ने आफ्नो उद्देश्यलाई हृदयङ्गम गर्दै उपभोक्ताको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै कम्पनीले १०० एमबीपीएस, १५० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसको प्याकेजहरू उपलब्ध गराइएको संस्थाका प्रबन्ध निर्देशक विवेक वाग्लेले जानकारी दिए । 

 


शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा हेल्थ पोस्टचोकमा मुख्य कार्यालय रहेको डि. जि लिंक नेटवर्क प्रा.लि.को भिमाद नगरपालिका चोक र घिरिङ गाउँपालिकाको पुट्टारमा सम्पर्क कार्यालय रहेको छ । विगत १२ वर्षदेखि स्थानीय स्तरबाट सुरु भई प्रादेशिक स्तरसम्म भरपर्दो छविका साथ अगाडि बढेको डि. जि लिंकले आगामी दिनमा आफ्नो नेटवर्कलाई थप दुर्गम क्षेत्रहरूमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।   नगरपालिकाको १९ औँ नगर सभा

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   सम्मान