• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

मासु पसल र भेटेरेनरीमा अनुगमन, दर्ता विना ब्यवसाय गर्नेलाई जरिवाना 

दुलेगौँडा ।  शुक्लागण्डकी नगपालिकाको बजार क्षेत्रमा सञ्चालित मासु पसल र भेटेरेनरीको आईतबार अनुगमन गरिएको छ ।  मानव र पशुको स्वास्थ्यम्ँ प्रत्यक्ष असर पार्ने यस्ता व्यवसायलाई व्यवस्थित बनाउने उदेश्यले नगरपालिकाको अनुगमन समिति मार्फत दुलेगौडा र बेलचौतारा क्षेत्रका २० बढी पसलमा अनुगमन गरिएको हो । 

 


अनुगमनका क्रममा विना दर्ता व्यवसाय सञ्चालन गरिरहेको, सरसफाई कामय नभएका, म्याद गुज्रेका सामान विक्री भईरहेको तथा उदेश्यभन्दा फरक प्रकृतिका सामान विक्री गरिहेको अवस्था पहिचान गरिएको छ । अनुगमन समिति सहित पत्रकार, प्रहरी, जनप्रतिनिधि र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थितीमा भएको अनुगमनका क्रम म्याद गुज्रेका सामानहरु बरामद गरिएको छ । 

 


यस्तै व्यवसायीहरुलाई अनुगमन टोलीले आईतबार जरिवाना गर्नुका साथै दर्ता प्रकृयामा आउन र अनुमति अनुसारकै कारोबार गर्न निर्देशन दिएको समितिका सदस्य सचिव तथा शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखा प्रमुख तुलबहादुर विकले जानकारी दिनुभयो । उहाँले नगरपालिका क्षेत्रभित्रका बजारलाई व्यवस्थित बनाउन समितिले छड्के जाँचलाई प्राथमिकता दिईरहेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।   नगरपालिकाको १९ औँ नगर सभा

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   सम्मान