• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

माग सम्बोधन नगरेपछि नगरपालिकामै गाडी रोकेर विरोध

दुलेगौडा ।  शुक्लागण्डकी नगरपालिका क्षेत्रमा टेम्पो चलाउने नगरपालिकाको निर्णयलाई व्यवस्थित गर्नुपर्ने आफुहरुको माग सुनुवाई नगरेको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन् । नगरपालिकाको प्रवेशद्धारमा नै सवारी साधन तेसारेर शुक्लागण्डकी यातायात व्यवसायीले सोमबार केहीबेर विरोध जनाएका हुन् । 

 


उनीहरुका अनुसार यस अघि नै नगरपालिकाले टेम्पो सञ्चालन सम्वन्धित गरेको निर्णयलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने माग गरेका थिए । नगरपालिकाको दुलेगौडा बजार केन्द्रित भएर टेम्पो चल्दा आफुहरुको व्यवसाय धरासायी भएकाले नियमन गर्न माग राख्दै आएता पनि स्थानीय सरकारले बेवास्ता गरेका कारण विरोध जनाएको समितिका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो । 

 


पुनले विरोध पश्चात नगर प्रमुख कृष्णराज पण्डितको उपस्थितीमा बसेको बैठकले मंगलबार नगरपालिका, समिति र टेम्वो सञ्चालकहरु विच त्रिपक्षीय वार्ता गरि समस्या समाधान गर्ने सहमति भएको बताउनुभयो । अध्यक्ष पुनका अनुसार टेम्पो शुक्लागण्डकीकै स्थानीय मात्र चलाउन पाउनुपर्ने, एकाघर परिवारका सदस्यले एक मात्र टेम्पो सञ्चालन गर्नुपर्ने र शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा रहेको टेम्पोको सेवा प्रदान हुनुपर्ने समितिको माग छ । 

प्रतिकृया दिनुहोस

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।   नगरपालिकाको १९ औँ नगर सभा

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   सम्मान