• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

मृगौला पीडित अमृतलाई आर्थिक सहयोग

भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा समाजहरूबाट संकलित रकम शनिबार थापाको निवास भिमाद ८ भागरमा पुगेर हस्तान्तरण गरिएको हो । 

 

समितिका अनुसार नगरभित्रका १५ वटा मगर समाजबाट आर्थिक संकलन गरेर २ लाख १० हजार ४ सय ६० हस्तान्तरण गरिएकोे अध्यक्ष विष्णु राना मगरले जानकारी दिनुभयो ।  

 

लामो समयदेखि मृगौला रोगसँग संघर्ष गरिरहेका थापाको उपचारमा सहयोग पुग्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रानाले भनाई छ । सहयोग रकम ग्रहण गर्दै बिरामी थापाले मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेको र चिकित्सकको सुझाव अनुसार करिब २२ लाख लाग्ने भएकाले सहयोग जुटाउन लागि परेको बताउनुभयो । 

 

उहाँलाई आफैं भाइ बुहारीले मृगौला दिने गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल मगर संघ शुक्लागण्डकी सहित विभिन्न इकाई समितीबाट आएका पदाधिकारीहरुले पीडित अमृत थापाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन

दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।   दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको

झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट

दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु

बेलचौतारामा पुरुषोत्तम मास महात्म्य सत्सङ्ग ज्ञान यज्ञ हुने

वेलचौतारा । शुक्लागण्डकी–५ स्थित पवित्र शिव पञ्चायन मन्दिरमा यही जेष्ठ १३ गतेदेखि १७ गतेसम्म पुरुषोत्तम मास ज्ञान महायज्ञ भव्य रूपमा सञ्चालन हुने