पोखरादेखि ढोरबाराही मन्दिरसम्म साइकल यात्रा हुने
दुलेगौँडा । स्वास्थ्य, वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरसम्म बृहत् साइकल यात्रा हुने भएको छ ।
शुक्लागण्डकी साइकल क्लब र साइकल सिटी पोखराको आयोजना तथा व्यवस्थापनमा शनिबार(voli) साइकल यात्रा हुन लागेको हो । यात्रामा पोखरा र शुक्लागण्डकी क्षेत्रका सयौँ साइकल प्रयोगकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । शुक्लागण्डकी साइकल क्लबका संयोजक त्रिलोचन लम्सालका अनुसार साइकल यात्रीहरू शनिबार बिहान ६ बजे पोखराबाट प्रस्थान गर्नेछन् । बिहान ७ बजे शुक्लागण्डकीको कोत्रेमा स्वागत गरिएपछि संयुक्त रूपमा साइकल यात्रा अघि बढाइनेछ । यात्रा खैरेनीटारसम्म पुग्ने र त्यहाँबाट फर्किएर ढोरबाराही मन्दिर हुँदै शुक्लागण्डकीको मुक्तिनाथ च्यवनधाममा पुगेर समापन गरिने लम्सालले जानकारी दिनुभयो ।
अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मोटोपन तथा दीर्घरोगको समस्या बढ्दै गएपछि स्वास्थ्यप्रति सचेतना जगाउन साइकल चलाउने अभियान प्रभावकारी बन्दै गएको आयोजकको भनाइ छ । पछिल्लो समय शुक्लागण्डकी क्षेत्रमा पनि साइकल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।
योग दिवसमा सुर्य नमस्कार प्रतियोगिता
दुलेगौंडा /माघ १ । शुक्लागण्डकी, तनहुँ — श्री मुक्तिनाथ च्यवनधाम मन्दिर, शुक्लागण्डकीमा आयोजित राष्ट्रिय योग दिवस २०८२ को अवसरमा सम्पन्न
तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल
आज २०८२ साल असोज १७ गते शुक्रबार। आश्विन शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ३ तारिख। विश्व मुस्कान दिवस। नक्षत्र अनुसार १२ वटा राशि
शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा आजबाट धार्मिक महोत्सव हुने
दुलेगौँडा । आज साउनको तेस्रो सोमबार । आज देशभरका शिवालय क्षेत्रको रौनक धार्मिक उत्सवमय बनेको छ । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना

प्रतिकृया दिनुहोस