नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्लागण्डकी नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक अभियानका संयोजक जनार्दन वियोगीले नगर क्षेत्रका सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा अभिभावकसँग शैक्षिक शुल्क उठाउने गरेको गुनासो गर्नुभयो।
नगरपालिकाले प्रभावकारी अनुगमन नगर्दा सामुदायिक विद्यालयहरूले अभिभावकलाई आर्थिक भार पर्ने गरी चर्को शुल्क उठाउने गरेको उहाँको आरोप थियो। विद्यालयले लामो समयसम्म होस्टलमा राख्नैपर्ने बाध्यकारी व्यवस्था गर्दा अभिभावक थप मारमा परेको भन्दै वियोगीले यस्तो व्यवस्था हटाउन र विद्यालयहरूको प्रभावकारी अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्नुभयो।
यता, नगर प्रमुख कृष्णराज पण्डितले सामुदायिक विद्यालयहरूले शैक्षिक शुल्कका नाममा कुनै पनि किसिमको शुल्क लिन नमिल्ने स्पष्ट पार्नुभयो। दरबन्दीका शिक्षक पर्याप्त नभएका कारण निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपर्ने तथा विद्यालयको सवारीसाधन प्रयोग गरेबापत भने सहयोग रकम उठाइएको उहाँले बताउनुभयो।
तर नागरिकहरूले विद्यालयहरूले ‘सहयोग’का नाममा रकम तोकेर अभिभावकलाई बाध्यकारी रूपमा शुल्क तिराउने गरेको आरोप लगाएका छन्। सहयोग स्वेच्छिक हुने भएकाले अभिभावकले आफ्नो क्षमताअनुसार शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो।
नागरिकहरूको गुनासोपछि नगर प्रमुख पण्डितले नगर क्षेत्रका सामुदायिक विद्यालयको प्रभावकारी अनुगमन गरी गैरकानुनी गतिविधि भएको पाइए आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, लामो समयसम्म विद्यार्थीलाई होस्टलमा राख्नुपर्ने बाध्यकारी नियम हटाउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाले भने शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै जिल्लामै पहिलो स्थानमा शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ।
चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको
सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद
प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न
बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय

प्रतिकृया दिनुहोस