• बुधबार ७-२६-२०८३/Wednesday 11-11-2026
  • ON AIRBulbul
  • UP NEXTDhorbarahi Highlights

दुलेगौँडामा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४७ र म्हः पूजा

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडामा बसोबास गर्ने नेवार समुदायले नेपाल सम्वत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

 

नेपाल सम्वत्लाई नयाँ वर्षका रूपमा मनाउँदै आएको नेवार समुदायले मंगलबार बिहान सांस्कृतिक र्‍यालीसहित दुलेगौँडा बजार परिक्रमा गरेको थियो। र्‍यालीपछि अरिदेव नेवा पुच सेवा कोषको भवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डितले नेपाल सम्वत्को संरक्षण र प्रवर्द्धनमा जोड दिनुभयो । उहाँले नेवार समुदायको संस्कार र संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यसको संरक्षणमा समुदायले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक ‘राजु’, कार्यपालिका सदस्य खिमबहादुर कुमाल तथा नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का अध्यक्ष कुलकुमार कुमाललगायतले नेपाल सम्वत् नेपालको मौलिक पहिचान भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले बढ्दो विदेशी सांस्कृतिक प्रभावप्रति सचेत हुँदै मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

अरिदेव नेवा पुच सेवा कोषका अध्यक्ष बेलबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष ज्ञाननारायण श्रेष्ठले नेपाल सम्वत् र म्हः पूजाको महत्त्वबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रमेश श्रेष्ठले स्वागत तथा सचिव राजुराम श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

शुक्लागण्डकीमा नेकपाको जागरण अभियान सुरु

दुलेगौंडा । केन्द्रदेखि जिल्ला तहले सुरु गरेको नेपाली कम्युनिष्ट पार्टीको जागरण अभियान शुक्लागण्डकी नगरपालिकामा पनि सुरु भएको छ । पार्टी संगठन

दुलेगौँडा खानेपानी समितिको ३४ औँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभा सम्पन्न

दुलेगौंडा । तनहुँको दुलेगौँडा बजार क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको दुलेगौँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ३४ औँ वार्षिकोत्सव तथा १२

तीनखोले बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न

खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा रहेको तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ

↑