• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

आज बकर इद, गल्छिनामा विशेष रौनक

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज (विहीबार) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

 


आज देशभर रहेको मुस्लिम समुदायका मस्जिद सहित तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारा स्थित गल्छिनामा पनि विशेष रौनकसाथ बकर इद मनाइदै छ । आज विहान ८ बजे मस्जिदमा सामुहिक नमाज पढेर आपसमा शुभकामना आदानप्रदान गरिने स्थानीय करिम बक्स मियाँले जानकारी दिनुभयो । उहाँले शुभकामना आदानप्रदान गरेर घरघरमा पशु बलि दिने र आफन्त, इष्टमित्रका साथमा हर्षाेल्लाष खानपान गर्ने प्रचनल गरेको बताउनुभयो । 

 


हिजरी संवत्अनुसार १४४१ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महदिस नामक धर्मग्रन्थको रचना गरेका छन् ।

 


यस पर्वका अवसरमा मक्का–मदिना जानु शुभ मानिन्छ । मक्का–मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का–मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिमले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्छन् ।
 

प्रतिकृया दिनुहोस

१५ औं रेडियो ढोरबाराही उत्सव सम्पन्न

रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा

शुक्लागण्डकीको बजेट पारित, कर्मचारीले गरे नगर सभा बहिस्कार

दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट बुधबार सर्वसम्मत पारित गरेको छ ।   नगरपालिकाको १९ औँ नगर सभा

तनहुँ शिर निहुरिने काम गर्दिन–तिमिल्सेना

दुलेगौँडा । राष्ट्रिय सभाका सदस्य जगत तिमिल्सेनाले जन्मभूमिको शिर निहुरिने गरि कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   सम्मान