गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग
दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरेका छन् ।
गल्छिनास्थित नेपाल मुस्लिम सेवा समितिले समुदायमा राहत संकलन अभियान सञ्चालन गरी रकम जुटाएको हो । समितिका अध्यक्ष महोम्मद हुसेन मियाँका अनुसार गत शुक्रबार जुम्माको नमाजका लागि मस्जिदमा भेला भएका समुदायका सदस्य तथा घरदैलो अभियानमार्फत रकम संकलन गरिएको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको अध्यक्ष मियाँले जानकारी दिनुभयो । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले समुदायले अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।
बाढीपीडितका लागि खैरेनी माविका बिद्यार्थीले जुटाए १६ हजार बढी सहयोग
खैरेनीटार । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुँको खैरेनी माध्यमिक विद्यालयका
शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न
दुलेगौँडा । शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार दुलेगौँडामा सम्पन्न साधारण सभामा विद्युत
ढोरफिर्दी चर्चमा नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न, १३९ जनाले लिए सेवा
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८, ढोरफिर्दीमास्थित ढोरफिर्दी चर्चमा शुक्रबार आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको

प्रतिकृया दिनुहोस